लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर आउँदै गरेका ५२ जना वीरगञ्जबाट पक्राउ
पर्सा । लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई बोकी आउँदै गएको ना५ख ९५५२ नंको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ, भरतपुर, हेटौँडालगायतका स्थानमा रही काम गर्दै आएका बारा पर्सा जिल्लाका बासिन्दालाई ४० फिटे कन्टेनरभित्र लुकाइछिपाइ ल्याउँदै गएको अवस्थामा वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
उनले प्रहरी नियन्त्रणमा रहेका व्यक्ति तथा कन्टेनरलाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकको निर्देशनमा अगाडिको कारवाही बढाइने जानकारी दिए ।
नेपाल सरकारले लागू गरेको लकडाउनको अवज्ञान गर्नेलाई स्थानीय प्रशासनले कारवाही गर्न थालेपछि वीरगञ्जमा अनुमतिबिना सडकमा घुमफिर गर्नेको सङ्ख्या घटेको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न सरकारले चैत १८ गतेसम्मका लागि घोषणा गरेको लकडाउनको पहिलो दिन वीरगञ्जमा १५० जनाभन्दा बढीलाई प्रहरीले कारवाही गरेपछि आज बिहानदेखि यहाँका सडक सुनसान देखिएका छन्औ।
षधिलगायतका अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगमा काम गर्ने कर्मचारी, चिकित्सक तथा महानगरपालिकाका सरसफाइ कर्मचारी मात्र सडकमा आवतजावत गरेको देखिन्छ।







डिसी नेपाल








Facebook Comment