कुटपिटमा आठ घाइते

डिसी नेपाल
१४ चैत २०७६ २१:०६

दमौली । तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका व्यक्तिबीच शुक्रबार झगडा हुँदा आठ जना घाइते भएका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका आठ जना घाइते भएका हुन् ।

कुसुमे टोलका व्यक्तिहरुले कुटपिट गर्दा कुमाल टोलका ६५ वर्षीय वुद्धिबहादुर कुमालसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । कुमालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको अभियोगमा प्रहरीले कुसुमे टोलका तीन जनालाई नियन्त्रणमा लिएको छ । “फुटबल खेल्ने क्रममा विवाद भएपछि मास्दी टोलका स्थानीयले कुमाल टोलका स्थानीयलाई कुटपिट गरेका रहेछन्”, प्रनाउ लामिछानेले भने, “पछि कुमाल टोल नै उर्लिएर मध्यमासफाँट टोलका व्यक्तिहरुलाई लखेटेका रहेछन् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.