कोरोना कहर : इटलीमा सबैभन्दा धेरैको मृत्यु, अमेरिकामा लाख बढी संक्रमित (तालिकासहित)

डिसी नेपाल
१५ चैत २०७६ ८:४०

काठमाडौँ । चीनको एक शहरबाट देखिन सुरु भएको कोरोना भाइरसको हव यूरोप र अमेरिका बन्ने देखिएको छ। हाल कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ हजार ६ सय ९१ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । यो सँगै अमेरिकामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ४ हजार २६ (१,०४१२६) पुगेको छ । यो संख्या कोरोना संक्रमितको संख्या अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।

कोरोना भाइरसका कारण शनिबार बिहानसम्म (नेपाली समयअनुसार) अमेरिकामा १ हजार ६ सय ९५ जनाको ज्यान गएको छ। जसमध्ये शुक्रबार मात्रै ४०१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै कोरोना भाइरसको महामारीमा परेका अन्य दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै स्पेनमा ७७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

इएटलीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । शनिबार बिहानसम्म इटलीमा कोरोनाकै कारण ९ हजार १ सय ३४ जनाको ज्यान गइसकेको छ।

यस्तै इटलीपछि स्पेनमा पनि कोरोनाको महामारी व्याप्त छ । स्पेनमा हिजो एकैदिन ७ हजार ९ सय ३३ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ । हालसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार एक सय ३८ जना मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा इटली, स्पेन र अमेरिकासँगै चीनमा ५, फ्रान्स २९९, जर्मनी ८४, इरान १४४, यूके १८१, नेदरल्याण्ड ११२, बेल्जियम १६९, स्विडेन २८, दक्षिण कोरिया ८ र स्विट्जरल्याण्डमा २९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वमा फैलिएको कोरोनाको महामारीबाट हुँदा ५ लाख ९७ हजार १ सय ८५ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २७ हजार ३ सय ५९ जना संक्रमितको ज्यान गइसकेको छ । १ लाख ३३ हजार ६० जना मानिस उपचारपछि घर फर्किएका छन् ।

तालिकामा हेर्नुहोस् विश्वभर काेराेना  प्रभाव




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *