कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना भएका युवकको मृत्यु

डिसी नेपाल
१७ चैत २०७६ १३:०७

काठमाडौं । पाटन अस्पतालमा कोरोनाको आशंकामा भर्ना गरिएका एक बिरामीको मृत्यु भएको छ।

धादिङ घर भएका ती युवक आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए। भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेका थिए।

धादिङबाट पाटन अस्पताल रिफर भएका ती युवालाई आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ।
उनको कोरोना परीक्षणका लागि नमुना पठाइएको र नतिजा आइनसकेको पनि जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.