चीनका बरिष्ठ वैज्ञानिकको भविष्यवाणी–‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन थाल्नेछ’

डिसी नेपाल
२० चैत २०७६ ११:२३

काठमाडौं। चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोनाभाइरसको दोस्रो आक्रमण नहुने समेत भविष्यवाणी गरेका छन् ।

कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् । ८३ वर्षीय झांगले भने ‘चीनमा कोरोनाभाइरसको दोस्रो आक्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ

डा. नेनशेनले भने ‘कोरोनाभाइरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले संक्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ र हामीले यो रोगलाई समाप्त गर्न सक्नेछौं । दोस्रो तरिका यो हो कि संक्रमणमा ढिलाइ ल्याउँ र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं । धेरैजसो देशले कोरोनाभाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् । यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ ।’

डा. झांगले अहिले पनि चीनमा लाखौं साइलेन्ट कोरोना क्यारियर भएको हल्ला फैलाइएको भन्दै यो झुटो भएको बताए । उनले भने ‘हामीले ती सबै बिरामीलाई अस्पतालमा भर्ना गरिसकेका छौं जसमा भाइरसको संक्रमण छ तर लक्षण देखिएको छेन । यस्ता बिरामीलाई एसिम्टोम्याटिक केस भनिन्छ । एसिम्टोम्याटिक केसबाट संक्रमण बढ्ने खतरा चीनमा धेरै छैन । किनकि अहिलेसम्म हामीले यसको प्रमाण भेटेका छैनौं ।’

डा. झांगले जो बिरामी यो भाइरसबाट संक्रमित भएर निको भइसकेका छन् उनीहरु पुनः यो भाइरबाट संक्रमित हुने आशंका निकै कम भएको बताए । यदि यस किसिमका केस आइहालेमा पनि उनीहरुबाट संक्रमण फैलिने खतरा निकै कम हुने उनले बताए । ‘यो दुर्लभ हो किनकि उनीहरुको शरीरमा पहिलेदेखि नै एन्टिबडीहरु हुन्छन् जो भाइरससँग लडिरहेका हुन्छन्’ उनले भने ।




प्रतिक्रिया

One thought on “चीनका बरिष्ठ वैज्ञानिकको भविष्यवाणी–‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन थाल्नेछ’

Leave a Reply to Neem Bahadur Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *