समाचार हटाइएको प्रकरणबारे छानबिन गर्न सम्पादकहरुको माग
काठमाडौं । एक अनलाइनमा प्रकाशित समाचार हटाइएकोबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले माग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंप्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।
‘चीनबाट झिकाएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकको समाचार काठमाडौंप्रेसले छापेको थियो । उक्त सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको विषयमा आफूहरूको ध्यानाकर्षण भएको सम्पादकहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment