लकडाउनका कारण स्याङजा क्रिकेट संघले अनलाईन खेलाडी दर्ता प्रकिया सुरु गर्दै

डिसी नेपाल
२२ चैत २०७६ ११:०८

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस को संक्रमण हुने जोखिमबाट सर्तक रहन पुरै देशभर निशेधाज्ञा (लकडाउन) गरिएको छ । यो लकडाउनका कारण नेपालमा बिभिन्न ठुला तथा साना क्रिकेट प्रतियोगिता तथा गतिबिधिहरु मा पनी प्रत्यक्ष असर परेको छ ।

यस्तो अवस्थामा जिल्लाका खेलाडीहरुलाइ जिल्ला छनोटका लागि कार्यालयमा आइ खेलाडी दर्ता गर्न असम्भव रहेकाले स्याङजा जिल्ला क्रिकेट संघले सबै जिल्ला छनोटका गतिविधिमा सहभागी गराउनका लागि खेलाडी दर्ता प्रक्रियालाई सहजिकरण गर्न निशुल्क रुपमा ONLINE PLAYER REGISTRATION FORM सन्चालन गर्ने भएकाको छ ।

शनिबार संघले सामाजिक संजाल फेसबुक बाट एक बिज्ञप्ती जारी गर्दै २०७६ चैत्र २८ गते भित्र अनलाईन खेलाडी दर्तामा सहभागि हुन खेलाडीहरु लाई अनुरोध गरेको छ ।




प्रतिक्रिया

2 thoughts on “लकडाउनका कारण स्याङजा क्रिकेट संघले अनलाईन खेलाडी दर्ता प्रकिया सुरु गर्दै

Leave a Reply to Milan sharma Cancel reply

Your email address will not be published. Required fields are marked *