दूध ढुवानी सेवा टाँसिएको टेम्पो रोकेर भित्र हेर्दा…

डिसी नेपाल
२५ चैत २०७६ १४:१३
4
Shares

हेटौंडा। लकडाउनको समयमा दूध ढुवानीको नाममा अवैध घरेलु मदिरा ओसारपसार गर्ने अटोलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौडा उपमहानगरपालिका–२ चौकी टोलबाट हेटौडा बजारतर्फ आइरहेको ना १ ह ५३८९ नम्बरको अटोसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अटोको अगाडि दूध ढुवानी सेवा लेखेर आउँदै गरेको उक्त अटोमा दुधका २ वटा खाली जर्किन र ६ वटा जर्किनमा १ सय ४० लिटर अवैध घरेलु मदिरा भेटिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.