आइतबार पछि नेपालमा नयाँ कोरोना सक्रमण भेटिएकाे छैन : स्वास्थ्यमन्त्रालय
काठमाडौं । आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् । आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ भएको पाइएको छ ।
गत शनिबार सम्म कुल १ हजार ४ सय ४१ परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो । जस मध्ये एक जनालाई निको भइसकेको छ । शनिबार एकैदिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो । तर बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताए ।
उनले बिहीबारसम्म कुल २ हजार ८ सय ९५ परीक्षण भइसकेको बताए । जसमध्ये उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ । त्यस बाहेक आज थप १ सय ९३ परीक्षण भइरहेको उनले बताए । उनले बिहीबार गरिएका परीक्षण सम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताए । त्यस्तै, कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा ५ हजारका दरले ¥यापिड टेस्ट किट पठाएको बताए । यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल ७ हजार ९ सय ४० जना रहेको उनले बताए। प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यका बाहीर ९९ जना गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको बताए । बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उनले बताए । उनले कल सेन्टरमा आएका ३ हजार ३ सय ९५ जिज्ञासालाई सम्बोधन गरेको समेत बताए ।







डिसी नेपाल








Facebook Comment