अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्प : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
२८ चैत २०७६ १९:५८

काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग छलफल गर्दै नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण हाल न्यून भएकाले कृषि मात्र विकल्प भएको बताएका हुन्।

नेता पौडेलले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गरी अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताउँदै कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरी कृषिमा विचौलियाको राज अन्त्य गर्न जरुरी भएको उल्लेख गरे।

उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गरे ।

नेता पौडेलले किसानको उत्पादन नष्ट हुन नदिन र बजारको अभावलाई अन्त्य गर्न लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे । साथै नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.