यी अभिनेत्री, जसले कोरोनालाई जितेर घर फर्किइन्

डिसी नेपाल
१ वैशाख २०७७ १३:३४

मुम्बई। कोरोनाभाइरस संक्रमणबाट बनेकी अभिनेत्री जोया मोरानी उपचारपछि ठिक भएर घर फर्किएकी छन्। कोरोना संक्रमण देखिएपछि जोया मुम्बईको कोलिनाबेल अम्बानी अस्पतालमा भर्ना भएकी थिइन्।

उनलाई ६ अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ७ अप्रिलमा अस्पताल भर्ना भएकी थिइन्। उनले आफ्नो इन्स्टाग्राममा सेल्फीसँगै उनले गुड न्युज शेयर गरेकी छन्।

यो सेल्फीमा जोया मेडिकल मास्क लगाएकी छन् भने पृष्ठभूमिमा अस्पतालका स्वास्थ्यकर्मी देखिइन्छन्। जोयाले लेखेकी छन्, ‘वारियर्सलाई गुडबाई भन्ने समय आएको छ, उसलाई स्मृतिमा सधैं सम्झिरहनेछु। गुडबाई आइसोलेशन आईसीयू, अबको समय होस स्वीट होम को हो।’

डिस्चार्ज हुनुभन्दा पहिला जोयाले वरुण धवनसँग अस्पतालबाटै इन्स्टाग्राम लाइभ सेशन गरेकी थिइन्। यो सोशनमा उनले आफ्नो स्वास्थ्यामा तीव्र सुधार भइरहेको बताएकी थिइन्। ‘मलाइ सास फेर्दा असजिलो हुने अस्पताल भर्ना भएको भोलिपल्टै ठिक भएको थियो। थोरै ज्वरो थियो। अस्पतालमा मलाइ घरभन्दा पनि राम्रो महशुस भयो।’

जोया भन्दा पहिला उनकी बहिनी शाजा कोरोनाबाट ठिक भएपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। तर उनका बुवा करीम मोरानी अहिले पनि कोरोनाको उपचार गराइरहेका छन्। मोरानी परिवारमा सबैभन्दा पहिला शाजालाई कोरोना संक्रमण भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.