शुक्रबार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं । कोरोनाबाट संक्रमण हुनेको सख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार मात्र उदयपुरका १२ जना र चितवनका २ जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धैरै संक्रमित भएको नेपालमा पहिलो पटक हो ।
उदयपुरमा संक्रमित हुनेमा १२ जना नै पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहमा कोरोनाको संक्रमण पुष्टि भएको हो । भारतमा भएको मुस्लिम कार्यक्रमबाट नेपाल आई उदयपुरको मस्जिदमा लुकेर बसेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरु मध्ये धेरैजसो भारतीय रहेको स्रोतले बताएको छ ।
यस्तै, चितवनमा पनि २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ति नगरपालिकाका उनिहरु २७ वर्षिय पुरुष र ६३ वर्षिय महिला रहेका छन् ।







डिसी नेपाल








Facebook Comment