हिडेर गाउँ जान लागेकालाई रोक्नु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र कोरोना महामारी व्यबस्थापन समितिका सबैलाई बालुवाटार बोलाएर हिडेर गाउँ–गाउँ जान लागेका जनतालाई गाउँ जान नदिनू भन्ने आदेश दिएका छन् ।
उनको आदेश अघि सर्बोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्दै गाउँ जान चाहने जनतलाई सवारी साधनको व्यबस्था गरेर पुऱ्याइदिन भनेको थियो ।
अव कस्को आदेश प्रहरी, प्रशासन र मन्त्रालयहरुले मान्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ । हिडेर आधा बाटो पुगिसकेका जनतालाई कहां राख्ने ? भन्ने समस्या स्थानीय प्रसासनलाई परिरहेका बेला प्रधानमन्त्रीले उनीहरुलाई रोक्ने आदेश दिएका हुन् ।
उनले जो जहां छ त्यहीं बस्नु पर्ने भन्दै खाना नभएर ती ठाउंहरुमा खानाको व्यबस्था मिलाउन सरकारी निकाय र स्थानीय तहका आदेश दिएका छन् ।
कोरोना माहामारी नफैंलियोस भनेर यस्तो आदेश जारी गर्नु परेको बालुवाटार स्रोतले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment