दिनहुँ खाना बाढ्छन् यी सरकारी हाकिम
काठमाडौं । कोरोनाका कारण सबै तिर निरासा छाएको छ । दैनिक ज्यालादारीले जीवन धानेकालाई बिहान बेलुका हात मुख जोड्न नै मुश्किल परेको छ । यस्तो बिपद्को घडीमा सक्नेले सहयोग गर्ने हो । धनकारी/मनकारी हुने हो भने बिपन्नलाई खान नपाई मर्छु भन्ने नहुँने रहेछ । यस्तै मनकारीहरुले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउने ब्यबस्था गरेका खबर आइरहेका छन ।
यस्तै खाना खुवाउने समूह छ , कोटेश्वर महादेव थान जाने बाटोमा । बिहान १० देखि १२ र बेलुका ५ः३० देखी ७ बजेसम्म जो–जो आउँछन सबैले पेटभरी खान पाउछन । सुरुमा आफ्नो खल्तीबाट १० हजार निकालेर एक जनाले शुरु गरेको अभियानमा अहिले सहयोग गर्नेको ताँती लागेको छ ।

निजामती सेवाको उपल्लो पदमा रहेका श्रम मन्त्रालयका सहसचिव कुमार प्रसाद दाहालका अनुसार सामाजिक संजालले जति तर्साउने काम भएको छ तेति भयाबहस्तिथी छैन । भन्छन, राम्रो कामको सुरुवात गर्नुपर्छ सहयोगको खाँचो नहुने रहेछ । सुकुम्बासी टोलका मानिसलाई प्रहरीले जानकारि दिएपछि खाना खानेको संख्या बढेको छ । लायन्सक्लब , ओम् शान्ति जस्ता परोपकारी सस्था र व्यक्ति पनि सहयोगका पोका लिएर आएकोमा उनी दङ्ग छन । बरु आफ्नो नाम प्रचार मा ल्याउन चाहान्नन् ।
खाना पकाउने ठाउँ पनि ब्यबस्थित छ । खाना पकाउने र बाँड्नेले पिपिइ लगाउँछन् । खान आउनेले सामाजिक दुरि कायम गरेका छन् । अहिले धेरैलाई यस्तो सहयोगको आबस्यकता छ । जस्ले जसरी सकिन्छ त्यसरी सहयोग गर्नु असल र सक्षम नागरिकको कर्तव्य हो ।








डिसी नेपाल








Facebook Comment