परिसरमा ज्ञावाली र महाशाखामा थापाको सरुवा
काठमाडौं। काठमाडौंको आकर्षक मानिने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर प्रमुखमा दुई एसएसपीको सरुवा भएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार परिसरमा एसएसपी श्यामलाल ज्ञवाली र महाशाखामा एसएसपी दीपक थापालाई सरुवा गरेका हुन् ।
हाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरी र थापा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुखमा कार्यरत थिए । महानगरीय अपराध महाशाखाका सहकुलबहादुर थापा र परिसरका प्रमुख उत्तमराज सुवेदी डीआईजीमा बढुवा भएपछि दुवै कार्यालय नेतृत्व विहीन भएका थिए । ज्ञावाली वर्तमान आइजीपीका सहोदर भाई हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment