ओम्नीलाई कोभिड १९ को सामान खरिद सम्झौताबारे लेखा समितिले थाल्यो छानविन
काठमाडौं । कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखासमितिले छानविन थालेको छ ।
खरिद प्रकृयामा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहेको र छानविनको माग उठेकोले समितिले छानविन थालेको जनाएको छ । स्वास्थ मन्त्रालयले ओम्नी समूहलाई कोभिड १९ जोखिम न्युनिकरणका लागि ओम्नीसँग खरिद प्रकृया रद्ध गरिसकेको छ ।
तर, पनि उसँग किन र कसरी सो सम्झौता गरिएको थियो भन्नेबारे स्पष्ट हुन समितिले छानविन थालेको हो । समितिले आइतबार स्वस्थ मन्त्रालयलाई पत्र काटी सात दिनभित्रमा खरिद प्रक्रियाबारेका सम्पुर्ण कागजात झिकाउन माग गरेको छ ।
छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग कागजात माग गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै आलोचना भएको थियो। आलोचनापछि मन्त्रालयले खरिद प्रक्रिया रद्द गरेको थियो।







डिसी नेपाल








Facebook Comment