ओम्नीलाई कोभिड १९ को सामान खरिद सम्झौताबारे लेखा समितिले थाल्यो छानविन
काठमाडौं । कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखासमितिले छानविन थालेको छ ।
खरिद प्रकृयामा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहेको र छानविनको माग उठेकोले समितिले छानविन थालेको जनाएको छ । स्वास्थ मन्त्रालयले ओम्नी समूहलाई कोभिड १९ जोखिम न्युनिकरणका लागि ओम्नीसँग खरिद प्रकृया रद्ध गरिसकेको छ ।
तर, पनि उसँग किन र कसरी सो सम्झौता गरिएको थियो भन्नेबारे स्पष्ट हुन समितिले छानविन थालेको हो । समितिले आइतबार स्वस्थ मन्त्रालयलाई पत्र काटी सात दिनभित्रमा खरिद प्रक्रियाबारेका सम्पुर्ण कागजात झिकाउन माग गरेको छ ।
छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग कागजात माग गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै आलोचना भएको थियो। आलोचनापछि मन्त्रालयले खरिद प्रक्रिया रद्द गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment