लकडाउन र युवाको भूमिका
“म पनि मानवका साथै एक युवा पनि भएकाे नाताले विभिन्न सस्थासँग आबद्ध भएर सामाजिक काममा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दौ आएकी छु। यसले मलाइ के बुझाएको छ भने सामाजिक काम गर्नको लागि पैसा नै सबैथोक होइन। भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय हुन्छ’। हो मसँग पैसा छैन होला, तर मसँग समाज र राष्ट्रको सेवक बने मन छ। त्यसैले म जहाँ छु त्यँहीबाट आफ्नो भूमिका निर्वाह गरेको छु।
कुनैपनि देश कत्ति सम्पन्न र शक्तिशाली छ? भन्ने कुरा त्यो देशको युवा सहभागिताले निर्धारण गर्छ। यदि विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न युवा परिचालन गरेर गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि जस्ता अनेक कष्टहरुको समाधान गर्न आफ्नो ठूलो भूमिका निर्वाह गर्छन्।
जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन् र आफ्नो कर्तब्य पूरा गरेका छन्। अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा बिकासको गति पनि धरै अगाडी पुगेको देखिन्छ। त्यसैले जुनसुकै अवस्थामा पनि युवाको ठूलो महत्व हुन्छ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वलाई आफ्नो चपेटामा लिएको छ। कोरोना त्रास र संक्रमित नेपालमा पनि फेला परेपछि सरकारले उच्च सतर्कता अपनाउँदै चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ। अहिले विश्वभर कोरोनाका कारण आतङ्क र त्रास मच्चिरहेको अवस्थामा यो परिस्थितिसँग जुध्नका लागि सबै मानिस आफ्नो परिवारसँगै छन्। परिवारभित्र रमाइरहेका छन्।
यो लामो समयदेखिको लकडाउनको कारण मानिसहरूमा खाद्यान्न, यातायात, घरेलु झै- झगडा, दैनिक प्रयोग हुने औषधि, रगतको अभाव साथै मनोवैज्ञानिक तथा एक्लोपन जस्ता समस्याहरु ठूलो मात्रामा देखिएको पाइन्छ। यस्तो समस्याको समाधान भेनेकै युवा हरु नै हुन्।
परिवारलाई समय दिन भ्याइरहेका छन् र आफ्नो परिवार लाई लकडाउन को पालना गर्न प्ररित गर्दै छन्। यो महामारीको समयमा अथवा लकडाउनको समयमा राज्यले आफ्नो तरिकाले प्रयास गर्दै आएको छ। तर प्रयाप्त छैन। त्यही कारण ट्रेस्टिङ, स्वास्थ्य उपचार र स्वास्थ्य सतर्कताको दायरा बढाउनु पर्ने देखिन्छ।
यो महामारीमा फ्रन्टलाइनमा बसेर कामगर्ने सेवाकर्मीहरुलाई अत्यावश्यक सामाग्री प्रयाप्त दिइयोस। ट्रेस्टिंग किट,पिपिई र मास्क प्रयाप्त मात्रामा उपलब्ध गराइयाेस्। सरकारका कामको प्रसंसादेखि सरकारको गल्तीमा आवाज उठाउने साथै सरकारलाई सल्लाह सुझाव दिने काममा पनि युवा अगाडि छन्।
यो महामारीको समयमा राज्यको मुख मात्र तान्के भन्दा, सरकारको विरोध गर्नु भन्दा, सरकारलाई सल्लाह सुझाव दिन र कुनै पार्टीको झोले कार्यकर्ता बन्नु भन्दा दुखीको आँसु पुछ्ने रुमालको रुपमा हामी युवाले ठूलो भूमिका निर्वाह गर्न सक्छौं। हामीले भौतिक रुपमा तथा आफ्नो सन्जालको माध्यमबाट समाज र देशलाई सहयोग गर्न सकिन्छ।
भौतिक रुपमा स्थानीय सरकारले राहत वितरण गरेको ठाउँमा गएर बस्तविक पीडित पहिचान गरी, रक्तदान-जीवननदान गरेर सहयोग गर्न सकिन्छ भने आफूले प्रयोग गर्ने सामजिक सन्जालको मध्यमबाट सूचना आदान प्रदान, झुटो समाचारलाई काउन्टर गरेर, आफ्नो पालिका तथा नगरको समस्या पहिचान गरी त्यो सूचना र समस्या स्थानीय तथा प्रदेश सरकारसम्म पुर्याएर समाधानको उपाय खोज्ने साथै समन्वय गरेर सहयोग गर्न सकिन्छ।
यो लामो समयदेखिको लकडाउनको कारण मानिसहरूमा खाद्यान्न, यातायात, घरेलु झै- झगडा, दैनिक प्रयोग हुने औषधि, रगतको अभाव साथै मनोवैज्ञानिक तथा एक्लोपन जस्ता समस्याहरु ठूलो मात्रामा देखिएको पाइन्छ। यस्तो समस्याको समाधान भेनेकै युवा हरु नै हुन्।
यो माहामरीको समयमा आफ्नो ज्यानको बाजी राखेर देश र जनताको लागि खट्ने सम्पूर्ण स्वस्थ्यकर्मी, सुरक्षाकर्मी साथै संचारकर्मीमा नमन छ। पेसागत रुपमा मात्र नभएर मानवकाे आधारले तपाईं हामीले जहाँ छौ त्यही बाट सहयोग गर्न सकिन्छ।
बिभिन्न ठाँउमा विभिन्न संस्था, क्लब वा समूहले निशुल्क रासन, खाना, खाजा, यातायातको व्यवस्था गरेर दिनदुखीलाई सहयोग गर्दै आएका छन् र आफ्नो पेशा अनुसार आफ्नो ठाउँबाट सहयोग गर्न पनि सकिन्छ। जस्तो डाक्टर तथा मनोविद्हरूले परामर्श, सल्लाह र सुझाव दिएर, कलाकार, समाजसेवी, पत्रकारहरुले पनि आफ्नो तरिकाले आफूले सक्दो आर्थिक, सामजिक योगदान गरेका छन्।
लकडाउनको पालना गर्ने र गराउने साथै समाजलाई कोरोनाकोबारेमा सूचना र सन्देशमार्फत सचेत बनाउन सकिन्छ। राहत बितरणमा देखिएको समस्याको समाधान पनि युवा र समाजसेवीबाट सम्भव छ।







डिसी नेपाल








Facebook Comment