लकडाउन थप्न सरकारलाई सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णय

डिसी नेपाल
४ जेठ २०७७ १८:१६

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले कोरोनाका नियन्त्रण तथा रोकथाममा सरकारले गरेको कार्य उपर्युक्त भएको भन्दै लकडाउनलाई अझै काम गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

उनले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष समितिले निकालेको बताए यसबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।
पछिल्लो समय नेपालमा लकडाउन कायम भए पनि कोरोनाको संक्रमण तीब्र गतिमा बढेको छ भने २ जनाले कोरोनाका कारण ज्यान समेत गुमाइ सकेका छन्् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.