कोरोनाको कहर, प्रधानमन्त्रीलाई हिमाली मह उपहार

डिसी नेपाल
४ जेठ २०७७ १९:००

काठमाडौं । मुस्ताङका सांसद प्रेमकुमार तुलाचनले कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रधानमन्त्री केपी शर्माओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिमाली मह दिएको खुलासा गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद तुलाचनले यसबारे जानकारी दिएका हुन् ।

उनले भने, ‘नेपालमा वर्तमान कोभिड–१९को संक्रमणले प्रभावित पारी रहेको अवस्थामा वैशाख २६ गते मुस्ताङजिल्लाबाट एकजना धर्म गुरुले कोरोना संक्रमित कोही छ भने पछि माननीय ज्यू हिमाली क्षेत्रमा र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसबाट उपचार हुन सक्छ भन्ने कुराको धर्मगुरुबाट मलाई जुन चाही सुझाव आउनु भएको छ त्यो अनुसार मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई लिखित रुपमै परिक्षण गरिदिनुस् भनेर, स्वास्थ्य मन्त्रीज्यूलाई पनि बोधार्थ दिएर मह परीक्षणको लागि दिएको कुरा पनि म जानकारी गराउन चाहन्छु। यसले यदी पोजेटिभ रिपोर्ट आएको खण्डमा नेपालमा पाइने महले विश्वबजार ढाक्ने छ। संक्रमितहरु निको हुनेछन्। नेपालमा जडिबुटी प्रशोधनको लागि केन्द्र खोलियोस् र कोरोनाको नियन्त्रण तथा रोकथाममा सहयोग मिल्ने छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.