एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
दाङ। तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा आज तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो।
प्रहरीले झण्डा जलाउने तीन जनाको पहिचान भएको जनाएको छ। तीमध्ये दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रनाउ बोहराले बताए।
घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको भन्दै एमालेले कारबाहीको माग गरेको छ।
एमालेले आज अपराह्न ४ बजेतिर घोराहीमा प्रदर्शन गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment