तस्बिर

लखनदेई खोलाको बाढीले बाँध भत्काउँदा भाडसर गाउँ डुबानमा, घर र धानखेत जलमग्न

डिसी नेपाल
१२ असोज २०८३ १४:१४

सर्लाही। अविरल वर्षाका कारण लखनदेई खोलामा आएको भीषण बाढीले तटबन्ध (बाँध) भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका-५ स्थित भाडसर गाउँ पूर्ण रूपमा डुबानमा परेको छ। खोलाको सतह बढेर बाँध भत्किएपछि बाढीको तीव्र बहाव सोझै मानव बस्तीमा पसेको हो।

बाढीको पानी बस्तीभरि फैलिँदा स्थानीय बासिन्दाका घर तथा आसपासका सम्पूर्ण भौतिक संरचनाहरू जलमग्न बनेका छन्।

घरभित्र पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ भने सुरक्षित स्थानतर्फ जाने बाटो समेत अवरुद्ध भएको छ। यसका साथै, बाढीले स्थानीय किसानहरूले लगाएको पाक्ने बेला भएको सयौँ बिघा धानखेतसमेत पूर्ण रूपमा डुबाएर ठूलो क्षति पुर्‍याएको छ।

(तस्बिर: विश्वनाथ ठाकुर/नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *