क्वारेन्टिनमा बस्नेलाई पनि काममा लगाउने सरकारको तयारी
काठमाडौं । सरकारले क्वारेन्टिनमा रहेकालाई काम पनि काम गर्ने वातावरण बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको निर्णय सुनाउदै सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले लामो समय क्वारेन्टिनमा बस्नु पर्दा उनीहरुको उत्पादक समय खेर जाने भएकाले काम गर्ने वातावरण तयार गर्नेबारे छलफल भएको बताए ।
सरकारले जेठ २० गतेसम्म लकडाउन थपेको जानकारी मन्त्री खतिवडाले गराए । साथै उनले क्वारेन्टिनमा लामो समयसम्म र धेरै मान्छे बस्नु परेको खण्डमा उनीहरुको उत्पादन समय खेर नजाओस भन्नका लागि सरकारले पहल गरिरहेको बताए ।
उनले भने, ‘धेरै मान्छेहरु क्वारेन्टिनमा बस्नु पर्ने भयो भने उहाँहरुको उत्पादक समय खेर जान सक्छ। त्यसो हुनाले उहाँहरुलाई क्वारेन्टिनमै रहेर पनि श्रम गर्न सक्ने स्थिति अथवा कुनै काममा जोडिन सक्ने स्थिति सुरक्षित ढंगले, आफ्नै गाउँमा फर्केर आएर क्वारेन्टिनमा बस्नु परेको अवस्थामा पनि उहाँहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर उहाँहरुलाई हामीले काममा जोडन सक्छौं कि? भन्ने विषयमा पनि हामिले छलफल गरेका छौं।
नेपालमा कोरोनाको जोखिम बढ्दै गएका कारण र कोरोनाको उपचार पद्धति विकास नभएको अवस्थामा कोरोनाबाट सुरक्षित रहन रोगप्रतिरोधात्मक क्षमताको विकास गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । उनले रोगसँग लडने क्षमताका लागि नेपालमा पाइने औषधिजन्य वस्तुहरुको प्रयोग र व्याम गर्ने बानिको विकास गराउने बारे पनि मन्त्रिपरिषदमा छलफल भएको बताए ।
उनले भने, ‘क्वारेन्टाइनमा रहँदा होस, बाहिर रहदा होस हामी सबै नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमताहरु बढाउनु पर्छ भन्ने विषयमा पनि छलफल भएको छ । प्रतिरोधात्मक क्षमता बढाउनलाई हाम्रा जडिबुटी, औषधिजन्य जतिपनि वस्तुहरु छन् त्यसमा अलिकति हामीले जनचेतना बढाउने र त्यसको उपभोग पनि गर्ने बानिको विकास गर्ने, व्याम गर्ने बानीको विकास गर्ने र आरोग्य सम्बन्धि सबै कुरामा सरकारी निकायहरु जसले जडिबुटी जन्य औषधि उत्पादन गर्नु हुन्छ उहाँहरुलाई पनि प्रोतसाहित गर्ने नागरिकको जीवनशैलीलाई पनि परिवर्तन गर्दै लैजाने विषयमा छलफल भएको छ।’
मन्त्रिपरिषदले एम्बुलेन्स र वस्तु ढुवानी गर्ने सवारीसाधनमा पनि सम्बन्धित बाहेका मान्छेहरु बसेर ओहोरदोहोर गरेको पाइएका कारण यसको रोकथामका लागि पनि पहल कदमी अगाडी बढाइएको जानकारी दिए ।







डिसी नेपाल







Facebook Comment