कोरोनाका नाममा हुने अमानवीय कार्य प्रति गृहको ध्यानाकर्षण (विज्ञप्तिसहित)
काठमाडौं । गृहमन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसीमका दवाव दिने, आवागमनको क्रममा दुव्र्यवहार गर्ने, कानून विपरित काम गरी मनोबल गिराउने लगाएतका अमानवीय कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक प्रेस वक्तव्य जारी गर्दै गृहले टोल प्रवेशमा निशेष गर्ने, घर भाडामा बसेकालाई विनाकारण निकाल्ने लगायतका अमानवीय कार्यहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाकाविरुद्ध लड्नको लागि हामी सबैको साझा प्रयास गर्नु पर्नेमा आपसमै निषेधको बाटो अपनाउनु राम्रो नभएको उल्लेख गरिएको छ ।
जारी आदेशको अवहेलना गर्ने र वाधा पु¥याउने जो कोहीलाई पनि कानून अनुसार कारवाही हुने उल्लेख गर्दै अवाञ्छित गतिविधि न गर्न नगराउन हुन सबैलाई अनुरोध समेत विज्ञप्तिमा गरिएको छ । मन्त्रालयको अनुरोध अटेर गरेको पाइएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारवाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।








डिसी नेपाल







Facebook Comment