सेना तैनाथ गरेर मात्र भारतसँग वार्ता

सुरक्षा प्रमुखज्यूहरु हो, लड्न तयार हुने कि ?

नेपाल र भारतका बीचको घनिष्ठ सम्बन्धको इतिहासमा विशाल देशका सेनातपतिले सानो मित्र देशलाई होच्याएर चीनतर्फ घुचेटेर बोलेको यो पहिलाे दुखद् तर अक्षम्य घटना हो। भारतीय सेनापति मनोज नरवानेले नेपाल र भारतका सेनाको सौहार्दताको इतिहासमै लज्जाजनक अभिव्यक्ति दिएका छन्।

नेपाली विवेकहीन, निर्णयहीन र स्वाभिमानी छैनन् र अरुले बोेकेको उचालेका भिड हुन् र सीमा विवादमा उचाल्ने चीन हो भन्ने उनको अभिप्रायले नेपालमा भारतीय सेनाप्रति आक्रोस बढ्नु अस्वाभाविक होइन। त्यो दुई देशको बीचको सैनिक कुटनीतिक असफलताको पनि परिणाम हो र भारतीय सेनापति पनि यसका एक पक्ष हुन् अर्थात् असफलतामा एउटा कारक हुन्, यसभन्दा पनि बढी उनले कृतध्नता देखाएका छन्।

भारतीय सेनापतिले नेपाली घोर अपमान गरेका छन्। नेपालले विभिन्न कालखण्डमा भारतलाई लगाएको गुनै गुनको श्रृखला चटक्कै भुलेका छन्। र, भारतीय गार्खा सेना, आफ्ना भूपू गोर्खा सेनाको अपमान र मन भाँच्ने महसुर गल्ती गरेका छन्।

महाभूकम्पसँगै नाकाबन्धी लगाउने टीम अहिले बढुवा भएर भारत सरकारमा हैकम चलाइरहेका छन्। तर ती नेपालप्रति अनुदारमात्र होइन शुत्र व्यवाहार गर्न उद्धत् छन्। तिनको आज्ञाकारी पुच्छर भएर त्याहाँका सेनापति आफ्नो अधिकार क्षेत्र र हैसियतभन्दा तल ओर्लेर नेपाललाई चीनको कित्तामा धकेन्ल्दै छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मित्रवत अभियानका नाममा साना छिमेकी प्रति जाहिलाग्ने, चिड्याउने र सताउने दुश्कर्मले भारतलाई किमार्थ फाइदा गर्ने छैन। प्रधानमन्त्री मोदीले ती भिलेनहरुको पहिचान र साइजमा राखेर अन्तर्राष्ट्रिय राजनेता हुने विकल्प रोज्नु बान्छनीय हुने छ।

नेपालले आफ्ना सारा प्रमाण, दस्तावेज, नक्सा, सन्धि, सम्झौताका आधार संकलन गरेर राख्नुपर्दछ र वार्तासँगसँगै सप्रमाण अन्तर्राष्ट्रिय अदालत जाने मार्ग मजवुत बनाउनुपर्दछ। तर, अवको भारतसँगको वार्ता दायाँ बायाँ नेपाली सेना तैनाथ गरेरमात्र गर्नुपर्दछ। यो जमिन सट्टापट्टा, लिजमा अथवा त्यो भन्दा ठूलो हिरासँग साटेर नेपाल आमाको शिर छेदन गर्ने घृष्टता अव सैह्य छैन।

यो कसको षड्यन्त्र हो ?

देशको राष्ट्रिय सुरक्षामा विभिन्न शक्तिबाट गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्थामा देशका मुख्य सुरक्षाका अंग र सुरक्षाकर्मीहरुको लागि ‘मोराल डाउन’ गराउने खतरनाक खेल पनि भएको छ।

देशलाई आपत्ति आइपर्दाको यो महामारीमा फ्रण्टलाइनमा खटिएका र भाइरससँग सबैभन्दा पहिले सम्र्कमा आउने स्पष्ट जोखिम बोकेका सुरक्षाकर्मी, संरक्षणकर्मी र स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई, मास्क, पन्जा) उपलब्ध गराउन नसक्दा उनीहरुको जीवन रक्षाको सुनिश्चितता गर्न सकिएन। ‘मोराल डाउन’ मात्र होइन, सरकार कुन हदसम्म असंवेदनशील तथा लोभी पापी र दरिद्र छ भन्ने तथ्य उजागर हुँदा सुरक्षाकर्मीको मन भाच्चिएको छ स्थायीरुपमा।

नेपाल र भारतका बीचको घनिष्ठ सम्बन्धको इतिहासमा विशाल देशका सेनातपतिले सानो मित्र देशलाई होच्याएर चीनतर्फ घुचेटेर बोलेको यो पहिलाे दुखद् तर अक्षम्य घटना हो। भारतीय सेनापति मनोज नरवानेले नेपाल र भारतका सेनाको सौहार्दताको इतिहासमै लज्जाजनक अभिव्यक्ति दिएका छन्।

खुल्ला सीमाना अनुगमन र नियन्त्रणको लागि खुल्ला आकास तथा खाली पेटमा अहोरात्र खटिएर बहादुरी र त्याग प्रदर्शन गरिरहेको सशस्त्र प्रहरीमाथि सीमा पारिका रोटी बेटीको नातेदारले जुत्ता चप्पल, ढुङ्गामुढा आक्रमण गरेका छन्।

प्रतिकूल मौसम पसिना, घाम पानी झेलेर ज्यान जोखिममा राखेर आक्रमण खेप्ने सहने ती बहादुर वीर सशस्त्र प्रहरीको बचाउमा राष्ट्रभक्त सरकार र स्वाभिमान नेपाली कोही चुइक्क बोलेका छैनन्।

मुलकुको राजनीतिक, प्रशासनिक, सुरक्षा हेडक्वार्टर सिंहदरवारको मुलगेटमा यूनिफर्ममा डिउटीमा खटिएका राष्ट्रसेवक प्रहरीमाथि सांघातिक आक्रमण गरियो र प्रहरीलाई घाइते बनाइयो। छिनमा भिडियो भाइरल भयो। आक्रमणकारीलाई बिजयी र हिरोजस्तो बनाइयो।

संसार लुटेर सुक्षित र सेफ हेभनमा लुट्न र लुक्न आएका एक हुल चाइनिज अपराधीहरुलाई उदार भएर फिर्ता गरी गुन लगाउने गुनीका पुष्पगच्छामाथि उनीहरुले ढुङ्गा र पथ्थर वर्षाए। नेपाल सरकार उसको प्रशासन र अधिकारकर्मी सबै मुकदर्शक भएर बसे।

अनिश्चित, अन्धकार लकडाउन समयमा कमजोर विभाजित निरिह र निकम्मा अवस्थामा सरकार पुगेको निश्कर्ष निकालेर नेपालको श्रीपेचको महत्व बोकेको भूमिमाथि खुल्लेयाम धावा बोलियो। लिपुलेकबाट हाम्रो छाति चिरेर बनाइएको सडक उद्घाटन भयो र सगरमाथा मापन अतिक्रमण सर्भिलेन्स रडार जडानको काम गरियो।

प्राकृतिक सम्पदा रक्षार्थ तैनाथ नेपाली सेनाको जमदारलाई चोरी शिकारी र काठ तस्कलले गोली दागेर घाइते बनाए। निकुञ्ज गर्दै बन जंगल फंडानी, रुख कटान र चोरी शिकार तथा अतिक्रमण व्यापक बनाइरहँदा सरकार र उसको रक्षा एवं वन मन्त्रालयले बचाउनमा १ शब्द खर्च गरेको सुनिएन।

३४ वर्ष लामो सेवा गरेर विश्राम गरिरहेको पंक्तिकारलाई ५८ वर्षको उमेरसम्म यति धेरै लज्जा र हिनताबोध कहिले पनि महशुस भएको थिएन। लाजको पारो त्यतिबेर झन् धेरै चढ्यो जुनबेला ती बहादुर संरक्षणकर्मीहरुका संगठन प्रमुखहरु मुखमा ठेडी ठोकेर टुलुटुलु हेरेर बसिरहेका थिए। आकासको तारा झार्ने मै हु“ भन्ने पूर्व प्रमुखहरु, प्रशासकहरु, जनरलहरुसमेत सबै तै चुप मै चुप भए।

सर्बत्र निरिहता किन होला ?

राष्ट्रिय एकताको साङ्लो टुटेको छ। खिया लागेर मक्किएको छ। र भित्र भित्र धेरै टुक्रामा विभक्त छ। राष्ट्रभक्ति परदेशभक्तिमा परिणत भएको छ। कसरी नजिक र विश्वाशिलो हुने र परदेशीको लगानी र मायाको बलमा स्वदेशी राष्ट्रभक्तलाई तह लगाउने कोर्रा लगाउने, पदच्युत गर्ने र दण्डित गर्ने यो जात्रामा हामी सरिक भयों तल्लीन भयौं। मातृभूमि एजेण्टहरुको यस्तो बजार भयो। थरि थरिका एजेण्टहरु फ्यालाफ्याल।

प्रथम र महङ्गा एजेण्टहरु मुलुकका अहिलेसम्मका प्रधानमन्त्रीहरु त होइनन्? एउटाको मात्र कुरा गरेको होइन सबैको कुरा गर्न खोजेको हो। किनकि हरेकपल्ट भारतसँग झुकेको वा झुक्याइएको इतिहासमात्र कति पढ्ने हो नेपाली जनताले। माथिल्लो तहदेखि फैलिएको जालो एैंजेरुजस्तै भएको छ।

छेउ टुप्पो नभेटिने खालको। नेपाली सेनाका प्रधानसेनापतिहरुलाई मानार्थ महारथी बनाएको भनेको आशाकारी एजेण्टमा भर्ना गरेको हो। तर, भारतको आर्मी चीफलाई नेपालको मानार्थ प्रधानसेनापति बनाएको हजुर सबैलाई ईश्वर र अभिभावक भनेर त्वमशरणम् गरेजस्तो मात्रै भएको छ। त्यसमा समानता पटककै छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मित्रवत अभियानका नाममा साना छिमेकी प्रति जाहिलाग्ने, चिड्याउने र सताउने दुश्कर्मले भारतलाई किमार्थ फाइदा गर्ने छैन। प्रधानमन्त्री मोदीले ती भिलेनहरुको पहिचान र साइजमा राखेर अन्तर्राष्ट्रिय राजनेता हुने विकल्प रोज्नु बान्छनीय हुने छ।

राजनीतिक विकृति, असक्षमता र लाचारी ढाकछोप गर्न सेवारत संगठन प्रमुखलाई राजदूत, संवैधानिक निकायमा जागिर लोभ देखाइन्छ। हरेक चिफलाई तपाईजस्तो काविल, सक्षम, राष्ट्रभक्त कोही छैन र भविश्यमा अन्तकालसम्म तपाईँको सेवा हामी र हाम्रो राज्यलाई अपरिहार्य छ भनेर ललीपप देखाइएको हुन्छ। दायाँ वायाँ गर्लान भनेर।

नेपाली सेनाको हकमा फाष्टट्रयाक विकास निर्माण, कल्याणकारी कोष र हाल स्वास्थ्य सामाग्री खरिद तथा आपूर्तिजस्ता एम्बुसमा फसाइएको छ र ऐन, कानून नीति नियमको हाउगुजी देखाएर विभिन्न सम्झौतामा हात खुट्टा बाधेर लडाइएको छ। अनुशासन, राष्ट्रभक्ति र व्यावसायिकता बिटुलो बनाइएको छ।

गौरवमय परम्परा भएको ऐतिहासिक धरोहरलाई एउटा व्यापारिक केन्द्र ठेकेदारी थलो, निमार्ण कम्पनी र व्यपार बजारमा परिणत गराउन खोजिएको छ। फलस्वरुप, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षक राष्ट्रिय सेनाको बहादुरी र बीरतालाई धुलिसान पारिएको छ।

मनोबल नैतिक साहस हो। सुख, खुसी र हाँसोको माला हो। मुलक र मुलुकबासीप्रति उच्चतम जवाफदेहिताको सुनिश्चिता हो। आन्तरिक बल र तागतको पूरापूर प्रष्फुटन हो। चरम उच्चतम बिन्दूमा पुगेको आज्ञाकारिता, कर्तव्यपरायणता, आस्था र निष्ठावान राष्ट्रभक्तिको प्रदर्शनी हो।

मनोबल गिरेको फौजबाट उत्कृष्ट काम र परिणामको आशा राख्न सकिँदैन। त्यो मरेतुल्य निश्क्रिय फौज हो। पृथ्वीलाई बोझ हुनु भन्दा नहुनु निको हुन्छ हैन र?नेपाली सनोमा २ वर्ष अगाडि रोजगारको लागि मानिसहरु आएनन्। सिपाही, अधिकृत, पाइलट, डाक्टर, इन्जिनियर्स, प्राविधिक सबै तहमा पद रिक्तता बढ्दै गयो।

संगठनप्रति समग्रमा आकर्षण घटेर गयो। अधिकृत क्याडेटको अन्तरवार्ता लिने पंक्तिकारले भर्नाका लागि आउने थोरै उम्मेदवारहरु समेत अन्यत्र अरु अवसरबाट बञ्चितहरु अन्तिम विकल्पको रुपमा सेनामा भर्ना हुन आउने गरेको पाएको थिएँ। जसले भविष्यमा संगठनलाई चौतर्फी समस्यामा पार्ने र नेतृत्व समस्या आउने स्पष्ट संकेत दिन्थ्यो। अन्य सुरक्षा निकायको समस्या पनि उस्तै थियो।

धन्य! संकट र दुर्घटनाको नजिक पुगिसकेको भर्ना नपाउने नेपाली सेनाले एक जना प्रतिबद्ध त्यागि दूदर्शी सेनापति पायो। जसले आन्तरिक सुधारको कामलाई ब्यापक तिब्रता दिएर कोर्ष करेक्सनको बाटो अपनाएर संगठनको अस्मिता जोगाउन भरपूर योगदान गरिरहेका छन्।

नेपाल र नेपालीको पहिचान, चरित्र र सम्मान स्वाभिमान खुइलिएर नक्कली परदेशभक्तिको ब्राण्डमा हामी चिच्चाइरहेका रहेछौं। मन, ध्यान, ज्यान टुक्रा टुक्रामा विभाजित भएर अनैतिक अधर्मी र अराष्ट्रिय भइसकेका रहेछौं।

पसिना, रगत, भावना सबैमा बेचिसकेको रहेछौं। यस्तो सामाजिक र राष्ट्रिय परिवेशमा हामीले कसरी आदर्श, नैतिकवान र ईमान्दार फौजको परिकल्पना गर्न सक्दछौं? सीमा विवादमा भारत ठिक, चीन ठीक, संयम बनौं, क्षमा दिउँ, विर्सिदिउँ, भन्ने परदेशभक्त एजेण्टहरुका खानी त नेपाल आमाको काखमा रहेछन्। कति बिडम्बना र राष्ट्रघात!

मानिसको संख्या र आकारले होइन देशभक्ति, समर्पण भाव त्याग र बलिदानीबाट जस्तोसुकै भिमकाय दुश्मनलाई परास्त गर्न सकिन्छ। वीर गोर्खाली सक्कली पहिचान त्यही होर त्यसको रक्षा गरौं।

सुरक्षा निकाय प्रमुखहरुलाई पराल होइन फलामको खुट्टामा उभिन म आग्रह गर्छु। तपाईहरुको पूँजी मुलुक, मुलुकबासी र होनहार सिपाहीहरु हुन्। दिशाहीन राजनीति र लोभप्रति तपाईँको बफदारिता मोडिनु हुँदैन कदापि। आफू चितामा चढेर बलिदानी दिन तर मातृभूमीको रक्षा गर्न तपाईहरु हमेसा तयार हुुनुपर्छ। राजदूत मिसन प्रमुख र एजेन्टमा दर्ज हुनु हुँदैन। राजनीतिमा सक्नुहुन्छ भने आदर्श नीति, जनताको नीति लोककल्याणकारी सुन्दर नीति बनाउन दबाब दिनुहोस्।

सक्नुहुन्न आफू र आफ्नो संगठनलाई आराजनितिक, तटस्थ, स्वतन्त्र राष्ट्रसेवकको संस्था भनेर प्रमाणित गरेर देखाउन सघाउनुहोस्। तर परदेशमुखी राजनितिसँग लतारिएर आफू पनि फोहोर र दुर्गन्धको डंगुरमा हाम नफाल्नुहोस्। इतिहास र भावी सन्ततीले सत्तोसराप गर्नेछन्। एउटा पराधीन प्रान्तप्रमुख हुनुभन्दा स्वाधीन सार्वभौम अखण्ड मुलुकको सिपाही हुनु हजार गुना गर्वको कुरा हो।

भारत र चीन दुबै सेनाका सेनाध्यक्षहरुलाई मानार्थ सेनापति लिन्छन भने दिउँ तर हामी कसैको सेनापति नबनौं। यो दास र मगन्ते प्रथा बन्द गरौं।

सीमानाको स्थायी र दिगो सुरक्षा गर्न अनगिन्ती नाकाबन्दी र संकटजस्तै लकडाउने पाठ सिकाएको छ। मगन्ते, कुरौटे एजेण्ट होइन स्वाभिमानी, सुखी, खुशी, ठाडो शिरवाला पक्का नेपाली नागरिक भएर बाच्न लकडउनले अह्राएको छ।

मानिसको संख्या र आकारले होइन देशभक्ति, समर्पण भाव त्याग र बलिदानीबाट जस्तोसुकै भिमकाय दुश्मनलाई परास्त गर्न सकिन्छ। वीर गोर्खाली सक्कली पहिचान त्यही होर त्यसको रक्षा गरौं।

राष्ट्रिय मनोबल उठाउन पुराना सबै राष्टघाति सन्धिरुहरु खारेज गर्नु पर्दछ। कुटनीतिक पहल, प्रयास सबै रेञ्जर बटालियनलाई गृहमन्त्रालय अन्तर्गत राखेर लिपुलेक होइन लिम्पियाधुरामा तैनाथ गरिनुपर्दछ। अत्याधुनिक हात हतियारले सुसज्जित फौजलाई तैनाथ गरेर हाम्रो भूमि कुटनीतिले नपुगे बन्दुकले फिर्ता लिनु पर्दछ।

यो ग्राउण्ड अफ ट्याकिटकल इम्पार्टेेन्स (जिटिआइ) होइन। भाइटल ग्राउण्ड हो । सामरिक महत्वको विशेष संवेदनशील क्षेत्र हो। मिसन धोकामा चीनसमेत सामेल भएको छ। भीमकाय मुलुकहरुसँग लड्न र घुडा टेकाउन पाउनु सानो भू–परिवेष्ठित मुलुकको लागि गर्व र अहोभाग्यको कुरा हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो