बाँके र कपिलवस्तु उच्च जोखिममा, दुवै जिल्लाका साना गल्ली पनि सिल

डिसी नेपाल
५ जेठ २०७७ २०:४९
4
Shares

काठमाडौं । बाँके र कपिलवस्तुमा कोरोना संक्रमण बढेसँगै ती दुवै जिल्ला सिलबन्दी गरिएका छन् । फैलने उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दोस्रो पटक जिल्ला सिल गरेको सूचना जारी गरेको छ भने बाँकले अघोषित कफ्यू जस्तै लगाएको छ।

बाँके जिल्ला प्रहरी कार्यालयका एसपी अनुपमशेर जबराले मानिसहरुलाई अत्यावश्यक सामाग्री किन्न बाहेक अन्य कामका लागि हिडडुल गर्न नदिएको र सीमा क्षेत्रमा कडा निगरानी बढाएको बताए ।

उनका अनुसार बाँके अहिले उच्च जोखिममा रहेका कारण सबै क्षेत्रमा निगरानी बढाएको र संक्रमितहरुलाई अस्पतालमा उपचार गराइराखिएको बताए । एसपी जबराका अनुसार जिल्ला भित्रका साना गल्लीहरु पनि सिल गरिएका छन् ।

कपिलवस्तुमा यसअघि बैशाख २९ देखि जेठ ५ गतेसम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सोमबार पुनः प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यद्वारा जारी गरेको सूचनामा जेठ २० गतेसम्म जिल्लालाई सिल गरिएको उल्लेख छ । सरकराले लकडाउन जेठ २० गतेसम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परेपछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको हो ।

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसकोसंक्रमण देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामागरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो। जसमा४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। बाँकेलाई नेपालकै उच्च जोखिम क्षेत्रको रुपमा राखेर सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.