प्रदेश १ मा थप ७ जनामा कोरोना पुष्टि
विराटनगर । प्रदेश १मा थप ७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ।
यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १जनालाई कोभिड—१९पुष्टि भएको हो । २६ जनाकोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ ।
योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्ककाअनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७जनाको परीक्षण भएको छ ।







डिसी नेपाल








Facebook Comment