अर्को भाइरस कुखुराबाट फैलिने र आधा विश्व खतरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

डिसी नेपाल
१७ जेठ २०७७ १४:५८

काठमाडौं। अमेरिकाका चर्चित वैज्ञानिकले निकै डरलाग्दो चेतावनी दिएका छन् । वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चेतावनी दिँदै भनेका छन् कि कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ ।

मानिसहरुलाई केवल शाकाहारी खाना खान सल्लाह दिने वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताब ‘महामारीको क्रममा कसरी बच्ने’ (हाउ टु सर्भाइभ अ प्यान्डेमिक)मा भनेका छन् कि ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको छ । ग्रेगरका अनुसार कुखुरा फार्मबाट निस्किने भाइरस यतिसम्म खतरनाक हुनेछ कि आधा विश्व खतरामा पर्नेछ ।

यद्यपि माइकल ग्रेगरको भविष्यवाणीसँग सम्बन्धित कुनै प्रमाण सार्वजनिक गरिएका छैनन् । अन्य कुनै वैज्ञानिकले पनि उनको दावीको पुष्टि गरेका छैनन् । तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्न गरिरहेको छ । अहिलेसम्मको जानकारीका आधारमा कोरोनाभाइरस पनि चमेराबाट मानिसमा फैलिएको मानिएको छ । चीनको वुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको छ ।

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी छ कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतरा कोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ र यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ । यो खतराबारे विश्वका अन्य कुनै वैज्ञानिकले पुष्टि गरेका छैनन् तर कोरोनाभाइरस फैलिएपछि भने जंगली जनावरको बजार बन्द गर्न माग उठिरहेको छ । ग्रेगरले भने अब प्रश्न ‘यदि’ महामारी आयो भने, भन्ने नभइ महामारी ‘कहिले’ आउँछ भन्ने भएको बताएका छन् ।




प्रतिक्रिया

One thought on “अर्को भाइरस कुखुराबाट फैलिने र आधा विश्व खतरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

  1. बिश्वमा धेेेरेै भए बैज्ञानिक त्यहि भोएर कोरोनाको महामारीले नछोडया होला कर्दा भन्दा चक्माक लाग्ने भन्थे हो र छ वयात

Leave a Reply to जीवन काङबा Cancel reply

Your email address will not be published. Required fields are marked *