दैलेखमा कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारको लापरवाही कि बेखबर?

तर्कबहादुर थापा
१८ जेठ २०७७ ९:४७

काठमाडौं। नेपालको सबै प्रदेशमा कोरोनाको संक्रमण देखिएको धेरैपछिसम्म पनि कर्णाली संक्रमण मुक्त थियो। धेरैले कर्णालीमा यार्सागुम्बाको रस खोला नालामा बग्ने हुँदा, त्यहाँका नागरिकले पिउने पानी नै कोरोनाको लागि अचुक औषधि भनेर बताए। चर्चा चल्यो।

समय बित्दै गयो। दुई महिनाको लामो लकडाउनपछि सबैतिर खुल्ला हुने खालको सरकारले निर्णय गर्यो। भारतमा रोजगारिका सिलशिलामा गएकाहरु घर फर्किन थाले। भारतबाहेक तेस्रो मुलुकका मानिसहरु घर आउन पाएका छैनन्। त्यसकालागि सरकारले भर्खरै कार्यसूचि तयार पारेको छ। सबै भन्दा पहिला गर्भवती महिलालाई नेपाल ल्याउने तयारी सरकारले गरेको छ।

जब भारतबाट मान्छेहरु कर्णाली प्रदेशमा प्रवेश गर्न थाले अनि कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आउन थाल्यो। सबै भन्दा पहिला भारतको आग्राबाट आएका आठबीस नगरपालिका–१ का ३५ वर्षका युवामा कोरोनाको संक्रमण देखियो। प्रदेश सरकारले जिल्लास्थित जिल्ला अस्पतालले निर्माण गरेको आइसोलेसनमा पठायो। आइसोलेसन विश्व स्वास्थ्य संगठनको मान्यता पुगेको छैन् भन्दै सबैले विरोध गरे।

त्यतिमात्र कहाँ हो र, कतिपयले संक्रमित दलित भएका कारण त्यस्तो ठाँउमा राखे भनेरसम्म भन्न भ्याए। दलितको नाममा राजनीति सुरु भयो। पत्रकार जगतदेखि नेताहरुसम्म जो कथित दलितको हकहितको लागि लड्छौं भन्छन् उनीहरुले आवश्यकता भन्दा ठूलै स्वर मच्चाए। सबैको अनुरोधलाई स्वीकार गरेर प्रदेश सरकारको समन्वयमा निज बिरामीलाई सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइयो।

घटना त्यतिमै सीमित छैन, कोरोनाको संक्रमण बढ्दै गयो। कर्णालीमा पहिलो पटक देखिएका कोरोनाका संक्रमितपछि पनि दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा छ। उनी भन्दापछि संक्रमित भएकाहरुका लागि कोही कसैले पनि आवाज उठाएन बरु हामीले नै खबरदारी गर्यो कोरोनाको नाममा विभेद भयो भनेर।

शनिबार मात्र दैलेखको दुल्लुस्थित एक क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भयो। उनको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो र कोरोनका कारण मृत्यु हुनेको सातौं नम्बमा उनै दैलेखीको नाम आयो। सिन्धुपाल्चोककी सुत्केरी महिला, नेपालगञ्जका एक युवा, गुल्मीका शिक्षकलगायत ६ जनाको कोरोनका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाउँछ। तर, स्थानीय र प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुने हरेककोपछि एक अर्कै कारण जोडिएको छ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला सुत्केरी थिइन्। कोरोना पोजेटिभ देखिएपनि कतिपयले उनको मृत्युको कारण कोरोन स्वीकार गर्न सकेका छैनन्। नेपालगञ्जमा मृत्यु भएका युवा पनि भारतबाट विना खाना पानीको नेपाल पुगेछन्।

बुवाले भन्नुहुन्थो, ‘त्यसको आत सुकेछ।’ आँत के हो र कसरी सुक्छ? आँतसुक्दा मान्छे मर्ने नमर्ने कुरामा स्वास्थ्य विज्ञहरुको अध्ययन रिपोर्ट आउला तर, उनको मृत्यु पनि अस्वभाविक थियो, स्थानीय उनको कोरोनाका कारण मृत्यु भएको स्वीकार गर्न सक्दैनन्। यद्यपि, उनीमा पनि कोरोनाको परीक्षण पोजेटिभ देखिएको थियो।

यी लगायत गुल्मीका शिक्षक, अर्घाखाँचीका एक युवक सबै प्रतिनिधि पात्र हुन् जो मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ। मृत्यु नहुँनु पहिला कोरोनको पोजेटिभ देखिएका मध्ये २ सय बढीले कोरोन जितेका पनि छन्।

हामी दैलेख तिर फर्किन्छौं। दैलेखको एक क्वारेन्टाइनमा बसेका एक नागरिको मृत्यु भयो। मृत्यु पश्चात कोरोनाको परीक्षण पोजेटिभ आयो। विडम्बना कर्णालीले समयमै औषधोपचार मृत्यु पूर्व पाउन सकेनन्।

कर्णालीका पनि धेरै नागरिकले देशमा गणतन्त्रको लागि सहादत प्राप्त गरेका छन्। अंगभंग भएका तथा बेपत्ता पारिएका मानीसको खोजीनीति गरिएको छैन्।
जातीयताका, भूगोलका आधारमा एकले अर्कालाई डोमिनेट गरिरहने दैलेखका नेताहरुका कारण एक जनाले ज्यान गुमाएपछि कोरोनाको ‘ट्याग’ लगाउनु पर्यो। राजनीतिक पार्टीका नेताहरुको खिचातानीका कारण जनताले यो समस्या भोग्ने कहिलेसम्म ?

यसरी दैलेखमा क्वारेन्टाइनमा बस्नेले ज्यान गुमाउनुमा प्रदेश सरकारको लापरवाही की बेखबर? प्रधानमन्त्री नै बेखबर हुने यो देशमा स्थानीय तहका प्रतिनिधिले गर्ने सहयोग यो पनि धेरै हो। जनता रोगले मरिरहेको दैलेखमा जातीयता र भेगीय राजनीति गर्नेहरुको लामै सूचि तयार भएको छ। पहिलो जस्तो छैन जनता सू–सूचित भएका छन् र हुँदै छन्। खबरदार जनताको रानजीतिबाट पन्छिनु पर्ला। बेलैमा होस गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *