थप २ सय १ जनामा कोरोना पोजेटिभ, २३०० पुग्यो संक्रमित हुनेको संख्या
काठमाडौं । थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरीएको परीक्षणबाट २ सय १ जनामा कोरोना पोजेटिभ भएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टाको जानकारी दिदै २ सय १ जना थपिएको पुष्टि गरेका हुन्। उनका अनुसार १ सय ७९ जना पुरुष र २२ जना महिलामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको हो।
हालसम्म १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने, १ लाख २० हजार ३ सय ७९ को आरडिटी परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ।
पछिल्लो २० घण्टामा मात्र ४ हजार ९ सय २४ जनाको पिसिआर विधिबाट कोरोनको परीक्षण गरिएको छ । हालसम्म संक्रमित हुने मध्ये २ सय ७८ जना कोरोना निको भएर घर फर्किसकेका छन्। नेपालमा कोरोनाको संख्या २३ सय पुगेको छ।







डिसी नेपाल








Facebook Comment