पाल्पामा ३ दिनअघि मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, मृतकको संख्या १० पुग्यो
काठमाडौं । थप १ जनाले कोरोनका कारण ज्यान गुमाएका छन्। पाल्पाका ४० वर्षीया पुरुषको ३ दिनअघि मिसन अस्पतालमा मृत्यु भएको र उनमा गरीएको परीक्षणमा कोरोना पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment