यूएईबाट उद्धार गरिएका नेपाली काठमाडौं आइपुगे

डिसी नेपाल
२३ जेठ २०७७ १८:३६
28
Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गरेको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य सुरु गरेसँगै यूएईबाट १६८ जनालाई काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका नेपाली एयरअरवियाको विमान मार्फत शुक्रबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

विभिन्न चरण गरी उद्दार गर्ने निर्णय अनुसार पहिलो दिन बर्मा (म्यान्मार)बाट शुक्रबार दिउँसो २६ जना, यूएईबाट साँझ १६८ जना नेपाल ल्याइएको हो ।

उनीहरुलाई काठमाडौंमै ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य जाँच गरी पठाइने छ । उद्धार गरिएका सबैको स्वास्थ्य जानकारी नेपाली सेनाले लिने छ ।

हालसम्म उपत्यकाका ३ वटै जिल्लामा विदेशबाट ल्याइएकालाई राख्न ‘होल्डिङ सेन्टर’ तयार गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.