राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतले गरे बिदाइ भेट

डिसी नेपाल
३० जेठ २०७७ १७:२०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.