सिराहा-४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजयी

डिसी नेपाल
२४ फागुन २०८२ ७:५५
52
Shares

सिराहा। सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन्।

शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे।

यसै गरी जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मतसहित तेस्रो स्थान हासिल गरे भने नेकपा एमालेका धर्मनाथ साह ४ हजार २२७ मतसहित चौथो स्थानमा रहे।

त्यसै गरी नेपाली कांग्रेसकी चन्द्रकलादेवी यादवले ४ हजार ६१, जसपाका राजकिशोर यादवले ३ हजार ४८४ तथा बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले २७९ मत प्राप्त गरेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *