चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा अवरोध
मनाङ। मनाङको सदरमुकाम चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाह अवरोध भएको छ। नदीको बहावमा अवरोध रहेकाले नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्थानीयका अनुसार चामेमा पहिरोका कारण नदीको मुख्य बहावमा अवरोध भए पनि छेउबाट पानी बगिरहेको छ। नदी थुनिएपछि चामे बजारका कैयौँ घरसमेत डुबानमा परेका छन्।
नदीको बहाव थप अवरुद्ध भई पानी एक्कासि निकास भए तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment