हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव फेला, १४ जना अझै बेपत्ता
काठमाडौं। मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले हिमपहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ।
रास्वपाका सांसदसमेत रहेका पर्वतारोही मिङ्मा डेभिड शेर्पाका अनुसार घटनापछि १४ जना अझै बेपत्ता छन्।
उनले भनेका छन्- ‘ हिम्लुङ हिमाल क्षेत्रमा उद्धार कार्यका लागि मिङ्मा जी लगायतको उद्धार टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार, १४ जना अझै बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि टोली हिमलुङ क्षेत्रमा पुगेको छ।’ आज देशका विभिन्न स्थानमा फरक–फरक प्रकृतिका विपद् तथा समस्याहरू सामना गर्नुपरिरहेको छ। यस्तो कठिन परिस्थितिमा सबैको सुरक्षा, बेपत्ताहरूको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूलाई आवश्यक सहयोग प्राप्त होस् भन्ने कामना गर्दछु। भगवान् पशुपतिनाथले सबैको कल्याण गरून्।’
उद्धार टोली हिम्लुङ क्षेत्रमा पुगेर खोजी कार्य अघि बढाएको र सोही क्रममा दुई जनाको शव फेला परेको जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment