संविधान संशोधाको पक्षमा मतदान गर्न समाजवादीको ह्वीप, सरिता गिरीले भनिन्– संसदमै निर्णय गर्छु
काठमाडौं। समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। शनिबार बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो।
बैठकले आफ्ना सांसद सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन समेत दिएको छ। बैठकले गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएपनि सांसद गिरीले भने यो विषयमा आफूले सोचेर संसदमै जवाफ दिने भन्दै बैठक स्थलबाट बाहिरिएको एक सांसदले जानकारी दिए।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ। यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन्। संविधान संशोधन विधेयकमाथि आजै संसदमा मतदान हुँदैछ।







डिसी नेपाल








Facebook Comment