७२ जिल्लामा कोरोना फैलियो, थप २ सय ७३ जनामा संक्रमण पुष्टि
काठमाडौं । शनिबार थप २ सय ७३ जनामा कोरोनाको भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेका छन्।
देशभर ७२ जिल्लामा फैलिएको कोरोनाबाट शनिबार मात्र झापाका ५ जना, रौतहटका ९२ जना, मोरङ र पर्वतमा ४÷४ जना, सर्लाही १३ जना, पर्सामा ६ जना, बारामा १, नवलपरासी (पश्चिम)मा १, दैलेखमा ३० जना, सुर्खेतमा ३० जना, कोरोनाबाट संक्रमित भएका छन्।
यस्तै, कपिलवस्तुमा ५, दाङमा २, बाँकेमा १८ जना, रोल्पामा १७ जना वर्दियामा ६ जना, महोत्तरी १, गुल्मीमा २, कपिलवस्तुमा २० जना, रुपन्देहीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म १ लाख २७ हजार २ सय ८८ पिसीआर परीक्षण भएका छन् भने, १ लाख ९० हजार ५ सय ८२को आरडिटी परीक्षण भएको छ।







डिसी नेपाल








Facebook Comment