पछिल्लो २४ घण्टामा ६१ जनाले जिते कोरोना, निको हुनेको संख्या ९७४

डिसी नेपाल
३२ जेठ २०७७ १६:३१
20
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमण मुक्त भएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ५५ जना पुरुष र ६ जना महिला गरी ६१ डिस्चार्ज भएका हुन्।

उनीहरुमा बिरगञ्ज अस्पतालबाट १२ जना, पाटनबाट १ जना, धरानबाट ३ जना, रौतहटबाट ९ जना, डडेलधुराबाट ५, दार्चुलाबाट १ जना, डोटीबाट १ जना, कैलालीबाट ६ जना, बाँकेबाट १६ जना, दाङबाट ६ जना निको भएर घर फर्किएका छन्।

हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ सय ७७ पुगेको छ । जसमा ८ सय ७७ पुरुष र ९७ जना महिला रहेको छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.