मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
जनकपुर। १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ।
आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन्। त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए। त्यही क्रममा कञ्चन वन पुगेर रङ खेलेको जनविश्वास रहेको छ। सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ।
आज परिक्रमा यात्रुहरू कञ्चन वन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन्। मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ।
धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ। परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ। त्यस्तै, पूर्णिमाको अघिल्लो रात परिक्रमा जनकपुरधाम आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ।
नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल रहेको छ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment