नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा डा. प्रताप सुवेदी नियुक्त
काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गरेका छन्।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीसँग यसअघि कृषि विकास बैंक लिमिटेडमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकको रूपमा लामो समय सफल नेतृत्वदायी कार्य गरेको अनुभव रहेको छ।
उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए तथा बीएड हासिल गरेका छन्। विभिन्न वित्तीय संस्था, नियमनकारी निकाय र व्यवस्थापकीय क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव सँगालेका सुवेदीले नेको इन्स्योरेन्स लगायतका संस्थामा सञ्चालक समितिको सदस्यको रूपमा समेत जिम्मेवारी निभाएका छन्।
बुधबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्दै सेयर बजारको नियमन, सुशासन र समग्र पुँजी बजारको विकासका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देश दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment