प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
१८ कार्तिक २०८३ १७:५०

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्।

यसअघि गृह सचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएकोमा यसपालि गृहमन्त्री गुरुङ स्वयंले फुली लगाइदिएका हुन्।

मन्त्रीको रूपमा बहाल भएपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आइजिपीको दर्ज्यानी चिह्न गृहमन्त्री वा प्रधानमन्त्रीले नै लगाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रहरी संगठनभित्र पनि लामो समयदेखि आइजिपीलाई मन्त्री वा प्रधानमन्त्रीबाटै फुली लगाइनुपर्ने आवाज उठ्दै आएको थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४ औँ महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आइजिपी बनाउने बाटो खुला गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *