थप ४२५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७६०
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ सय ७५ जना पुरुष र ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ८९ पिरिआर परीक्षण गरेको छ भने २ हजार १ सय ३९ जनाको आरडिटी परीक्षण गरेको जनाएको छ ।
हालसम्म ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत छन । यस्तै, १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जम्मा १ लाख ३३ हजार ३ सय ७७ जनामा पिरीआर परीक्षण भएको छ भने, २ लाख १० हजार ७ सय २१ को आरडिटी परीक्षण गरिउको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment