ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
काठमाडौं। ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेललाई ५ मतले पछि पारेका हुन्।
पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ।
तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन्।
यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment