निजी प्रयोगशालालाई कोरोना परीक्षणकाे अनुमति, खर्च सरकारले व्यहोर्ने

डिसी नेपाल
३२ जेठ २०७७ १६:५२

काठमाडौं । निजी प्रयोगशालाहरुले पनि कोरोनाको परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सरकारले खर्च ब्यहोर्ने गरी निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पिसिआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रकृया पुरा गरी प्राइभेट ल्याबहरुलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ । यसको लागि लाग्ने खर्च नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.