गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

डिसी नेपाल
३२ जेठ २०७७ १७:३६
4
Shares

कास्की । गण्डकी प्रदेश सरकारलाई कोरोना जोखिम हुन नदिन पोखराको प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले रु ५० लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले आज यहाँ उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री गुरुङले विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेकोमा लक्ष्मी ग्रुपलाई धन्यवाद दिए। उनले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै प्रवद्र्धनका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

उनले उक्त सामग्री प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत आपूर्ति केन्द्रका निर्देशक खीम खड्कालाई हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए। उनका अनुसार ती सामग्री आवश्यकताअनुसार प्रदेशका जिल्लामा प्रयोग गरिने छ ।

सो अवसरमा कोरोना जोखिम न्यूनीकरण गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि उक्त सामग्री वितरण गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । उनले भने, “सरकारबाट स्थापित र सञ्चालित विशेष कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेसँगै हामीले यसअघि रु ५० लाख राहत कोषमा सहयोग गरिसकेको र अहिले रु ५० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ ।”

उनका अनुसार ग्रुपले ६०० पिपिइ सेट, त्यति नै सङ्ख्यामा पञ्जा र चश्मा, तीन हजार ६०० थान एन–९५ मास्कलगायतका सामग्री प्रदान गरेको हो । यसअघि लक्ष्मी हाउसले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिपिईलगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ भने पाटन अस्पताल र किस्ट अस्पतलालाई पनि सहयोग गरेको ग्रुपले जनाएको छ । त्यसैगरी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङका लागि फिभर क्लिनिकसमेत स्थापना गरेको छ भने व्यवसायिकतासँगै विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व पनि पूरा गर्दै आएकोे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.