अदुअआका उजूरी स्थानीय तहका बढी

डिसी नेपाल
२ असार २०७७ १६:५१

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए।

आयोगमा परेका अन्य उजूरीमा शिक्षासम्बन्धी २७, खानेपानी तथा शहरी विकास आठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तीन, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना प्रविधिका तीन, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय , राष्ट्रिय पुनर्निमाण प्राधिकरण, खानेपानी र वन वातावरणअन्तर्गतका दुईदुई गरी १५ कार्यालयका ९७ उजुरी दर्ता भएका छन् ।

एक वर्षका अवधिमा गुल्मीबाट आयोगमा परेका उजूरीमध्ये ५१ फछ्र्योट भइसकेको छ भने अन्य ४६ बाँकी रहेको आयोगको कार्यालय बुटवलले जनाएको छ । आर्थिक वर्ष २०६६/०६७ मा प्रदेश ५ अन्तर्गत आयोग बुटवलमा ७९७ उजूरी दर्ता गरिएकोे, २५ स्ट्रिङ्ग अपरेशन गरिएकामा ४२ व्यक्ति पक्राउ परेको र अपरेशनबाट रु ३२ लाख ६२ हजार बरामद गरिएको आयोगका प्रमुख भुसालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.