रक्सीको नशामा बेहुलाले बेहुलीका भाइलाई गाडीले किचिदिए, पूरै जन्ती फरार
काठमाडौं। बिहे चलिरहेका बेला विवाद सृजना भएपछि मदिराको नशामा रहेका बेहुलाले रिसको झोंकमा बेहुलीका भाइमाथि गाडी चढाइदिए । बेहुलीका ९ वर्षका भाइको घटनास्थलमै मृत्यु भयो । अन्य केही घाइते भए । घटनापनि बेहुलासहित पूरै जन्ती फरार भएका छन् । घटना भारतको उत्तर प्रदेशको फर्रुखाबादमा भएको हो ।
द फ्रि प्रेस जर्नलका अनुसार शमशाबाद थाना क्षेत्रको गोविन्दपुर असद उल्लाह गाउँमा बिहेका क्रममा नाश्ताको विषयमा विवाद भएको थियो । विवादपछि बेहुलाले मदिराको नशामा गाडि चलाइदिए । गाडीले किचेर बेहुलीका भाइको मृत्यु भयो । पुलिसले बेहुलाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।
सोमबार यहाँका रामपालकी छोरीको बिहेमा नबाबगंजबाट जन्ती आएका थिए । विवाहमा मिठाइका विषयमा बेहुला पक्षले झगडा सुरु गरेका थिए । झगडा बढ्दै गएपछि बेहुला मनोज कुमारले मानिसहरुलाई हान्दै गाडी दौडाएका थिए । यस क्रममा बेहुलीका भाइ प्रान्सुको मृत्यु भएको र अन्य ३ जना घाइते भएको बताइएको छ ।







डिसी नेपाल








Facebook Comment