पुँजिवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : पौडेल

डिसी नेपाल
६ असार २०७७ १७:५७

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पुँजिवादी र साम्यावादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताएका छन् । पुँजिवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनता प्रतिको दायित्प पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुँजिवादीहरु जनतापप्रतिको दायित्व राज्यसंग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनता प्रतिको दायित्व पूरा गर्न नसकेको बताए ।

पौडेलले साम्यवादीहरु पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको बताए । उनले पुँजिवादी मुलुकहरु व्यक्ती पूँजीवादी बन्ने तर साम्यवादीहरु राज्य पुँजीवादी बन्ने बाटोमा लागेको बताए । साम्यवाद रुस तथा पूर्वी युरोपबाट धेरै अगाडि अन्त्य भइसकेको तर अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुक राज्यलाई पुँजिवादी बनाउन लागेको बताए । पौडेलले गाँउको विकास, गाँउको उन्नती, गाँउमा नै जनतालाई रोजगारी अनि गाँउमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए ।

वरिष्ठ नेता पौडेलले नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । उनले नेपाली कांग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको पनि बताए । पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशीने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाँउ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए ।

पौडेलले महाकाली सन्धीको कार्यान्वयन नहुँदा सुदुरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए । महाकाली सन्धीका बारेमा प्रश्न उठेको प्रति पनि पौडेलले महाकाली सन्धीमा कुनै राष्ट्रघात नभएको स्पष्ट पारे । उनले महाकाली सन्धीमा महाकाली नदिलाई अधिकांश सीमा भनेर राष्ट्रघाट भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदिन मात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनि प्रश्न गरे ।

पौडेले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताए । उनले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसन सहितको नेतृत्वका आधारमा संचालन गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.