भारत-चीन झडपको ६ दिनपछि बोल्यो नेपाल, शान्तिपूर्ण निकास निस्कनेमा विश्वास
काठमाडौं। नेपालका दुई छिमेकी भारत र चीनबीच गएको सोमबार भएको हिंसात्मक भिडन्तबारे शनिबार नेपालले आफ्नो धारणा व्यक्त गरेको छ। भिडन्त भएको ६ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको नेपालले दुबे मित्र छिमेकीहरुबीच शान्तिपूर्ण निकास निस्कनेमा विश्वास रहेको बताएको छ।
शनिबार परराष्ट्र मन्त्रालयले भारत चनी भिडन्तका विषयमा स्टेटमेन्ट जारी गर्दै नेपाल सँधै शान्तिका पक्षमा रहेको र भारत र चीनबीचको विवाद पनि शान्तिपूर्ण ढंगबाट समाधान हुनुपर्ने बताएको छ। नेपालसँधै क्षेत्रीय र विश्व शान्तिमा विश्वास गर्ने भन्दै दुई छिमेकी पनि शान्तिपूर्ण ढंगबाट समस्या समाधान गर्न सक्षम रहेको बताएको छ।

स्मरणराहोस गएको सोमबार लद्दाखमा चीन र भारतीय सेनाबीच भएको भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि भारत र चीनबीच तिक्तता बढेको छ।







डिसी नेपाल







Facebook Comment